• २०७५ पौष ४ बुधबार / Wednesday, December 19
ad

देश विकासमा लाग्न काङ्ग्रेस नेता सिटौलाको आग्रह

Fm Radio Link

इलाम, नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताको वर्तमान सरकारबाट धेरै अपेक्षा रहेको बताउनुभएको छ । 

 



उहाँले जनताले जिताएर पठाएका प्रतिनिधिबाट धेरै अपेक्षा गरे पनि बितेको एक वर्षमा उल्लेखनीय काम नभएको भन्दै पत्रकारसँग दुःख व्यक्त गर्नुभयो ।

 

 “तर विपक्षी दलका नेताले समेत त्यसमा औँला ठड्याउन सक्नुपर्छ ।” 

 



काङ्ग्रेसका पूर्वमहामन्त्री सिटौलाले सबै दलहरू मिलेर समस्या समाधान गरेकाले सबै एक भएर देश विकासमा लाग्न आग्रहसमेत गर्नुभयो । “सरकारले काम गरोस् । त्यसका लागि सघाउन हामी तत्पर छौँ,” सिटौलाले थप्नुभयो, “तर विपक्षी दलका नेताले समेत त्यसमा औँला ठड्याउन सक्नुपर्छ ।” 

 



कार्यक्रममा १ नं प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रसिद्ध धार्मिकस्थल गजुरमुखीलाई प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य धीरेन शर्माले माङसेबुङ जस्तो पवित्र धार्मिक स्थललाई पर्यटकीय क्षेत्रका रूपमा घोषणा गर्नसमेत पहल गरिने जानकारी दिनुभयो । 

 

 

प्रतिकृया दिनुहोस
-->