• २०७५ पौष ४ बुधबार / Wednesday, December 19
ad

हट अभिनेत्री सोनाक्षीको डिभोर्स गरी बसेका ऋतिक रोशनसँग विवाह गर्ने चाहना

Fm Radio Link

बलिउडकी हट अभिनेत्री सोनाक्षी सिन्हाको डिभोर्स गरी बसेका ऋतिक रोशनसँग विवाह गर्ने चाहना रहेको खुलासा गरेकी छिन्। हट अभिनेत्रीको रुपमा परिचित सोनाक्षीलार्इ विवाह गर्न मन लागेपछि यस्तो खुलासा गरेकी हुन्। पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाह गर्ने लहर चलेपछि सोनाक्षीलार्इ पनि विवाह गर्न मन लागेको हुन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

 

अभिनेत्री सोनम कपुरले बिहे गरि सकिन् । प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । त्यही बलिउडमा केही हिरोइन भने अहिलेसम्म पनि जीवनसाथीको खोजीमा छन् । यी अभिनेत्री यस्तो मान्छेको खोजीमा छन् कि जसले उनीहरूलाई बुझेर पूरा जिन्दगी साथमै बिताउन सकून् ।

 

यसैक्रममा सोनाक्षीले जीवनसाथीको विषयलाई लिएर एक अन्तर्वार्तामा केही खुलासा गरेकी छिन् । लाइफ स्टाइल म्यागजिनले सोधेको थियो, ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् रु’ उनले भनिन्, ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’ साथै उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि बताएकी छिन् ।

 

फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्नुपर्‍यो भने रु भन्ने प्रश्नमा उनले आफूलाई ऋतिक रोशन मनपर्ने बताएकी छिन् । आफू विवाहका लागि ऋतिकसँग राजी भएको उनको धारणा थियो । स्मरण रहोस् २०१४ मा ऋतिक र सुजैनको डिभोर्स भएको थियो ।

प्रतिकृया दिनुहोस
-->