• २०७५ फागुन ६ सोमबार / Monday, February 18

गायिका पूर्णीमा लामाको 'फूल भनौं जीन्दगीलाई' सार्वजनिक (भिडियोसहित)

Fm Radio Link

काठमाडौं - गायिका पूर्णीमा लामाको स्वर रहेको फूल भनौं जीन्दगीलाई बोलको गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । केही महिना अगाडि यस गीतको अडियो सार्वजनिक गरिएको थियो । उक्त अडियो गीतलाई युट्युबमा २९ लाख ८२ बढी भ्युज मिलेको छ। अडियो गीतलाई यत्ति धेरै माया दिएको भन्दै यस गीतबाट आफू निकै आशावादी रहेको गायिका लामाले बताइन्।

उनले भनिन्, गीतको अडियो दर्शकले रुचाइदिनु भएको छ। भिडियो पनि राम्रो बनेकोले सफल हुनेमा आशावादी छु। भुपेन्द्र बुढाथोकीको शब्द समावेश उक्त गीतमा गोविन्द मधुर आचार्यको संगीत सुन्न सकिन्छ। गीतको एरेन्जर पनि संगीतकार आचार्य नै हुन्। 

गीतकार भुपेन्द्र पनि यस भिडियोबाट निकै आशावादी छन्। गीतको अडियो दर्शक(श्रोताले रुचाएका कारण भिडियो पनि रुचाउने उनको तर्क छ। शान थापाको निर्देशनमा तयार एको भिडियोमा गीतकार भुपेन्द्र बुढाथोकी र एलिशा राईको अभिनय रहेको छ। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
 

हेर्नुहोस् भिडियोसहित:

प्रतिकृया दिनुहोस
२०७५ कार्तिक ८ बिहीबार

सीमाले रोक्दैन् सिर्जनालाई

बागलुङ - विदेशमा बसेरपनि नेपालीले आफूमा भएका सिर्जनाहरुलाई बेलाबखत प्रस्फुटित गर्दै आएका छन् । गीतकार नवराज पन्त अमेरिकामा बस्नुहुन्छ । उहाँको पछिल्लो रचना ‘सालको पात टपरी हुनी’ को चर्चा नेपालमा छ । सार्वजनिक भएको महीना दिन पुग्दा युट्युबमा १७ लाख पटक...

Radio System
२०७५ कार्तिक ८ बिहीबार

अधिकारीले ल्याए ‘घाँटी मेरो रेटे पनि’ बजारमा (भिडियोसहित)

काठमाडौं  -  जेन्टल अधिकारीले ‘घाँटी मेरो रेटे पनि’ गीतको म्युजिक...

Radio System
२०७५ कार्तिक ९ शुक्रबार

पुष्प खड्का र प्रियंका कार्कीको ‘रक्सी छोड्दा पिडा भो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं - पुष्प खड्का र प्रियंका कार्कीको ‘रक्सी छोड्दा पिडा भो’...

Radio System
२०७५ कार्तिक ९ शुक्रबार

रुद्रसिंह थापाको ‘लुकाइ राख न’ गीतको भिडियो सार्वजनिक

काठमाडौं - रुद्रसिंह थापाको आवाजमा रहेको ‘लुकाइ राख न’ गीतको...

-->