२०७५ पौष ४ बुधबार Wednesday, December 19

स्टुडियो टाइम : ११ : ३३

उदयपुरकै पहिलो पाइलट महिला

image

उदयपुर- उदयपुरमा 'पहिलो पाईलट' महिला बन्न सफल भएको छ । उदयपुरको लिम्चुम्बुङ गाउँपालिका–४ बलम्ता स्थायी घर भएकी साहारा चाम्लिङ राई उदयपुरमा पहिलो पाईलट बन्न सफल हुनु भएको छ । वहाले मंगलबार देखि व्यवसायिक उडान सुरु गर्नु भएको छ । वहा किरात राई समुदायबाट पनि प्रथम महिला पाइलट बन्नु भएको छ । राईले यति एयर लाइन्सको जहाज उडाउन सुरु गर्नु भएको छ । मंगलबार राईले पहिलो पटक नेपालगञ्ज–भैरहवा दुई सिफ्ट उडान गर्नु भएको छ । साहाराले फिलिपिन्सबाट तीन वर्षसम्म पाइलटको ट्रेनिङ लिनु भएको थियो । राई समुदायकै पहिलो महिला पाइलट बनेपछि किरात राई यायोख्खा केन्द्रियको स्थापना दिवसमा सम्मानित हुनु भएको छ ।