२०७५ पौष ४ बुधबार Wednesday, December 19

स्टुडियो टाइम : ११ : ३३

उपचार नपाउदा गर्भवती महिलाको मृत्यु

बच्चा जन्माउन नसकेर गर्भवती महिलाको ज्यान गयो
image

उदयपुर- बच्चा जन्माउन नसकेर सोमबार बेलका नगरपालिका ६ की १९ वर्षिय सम्झाना राईको मृत्यु भएको छ । सुत्केरी व्यथाले च्यापेपछि घरबाट बच्चा जन्माउन बेलका नगरपालिका ९ स्थित आफ्न्तकोमा आउनु भएको थियो । तर, आर्थिक अवस्था कमजोर भएका कारण सुत्केरी गराउन रामपुर बर्थिङ सेन्टरमा नपुग्दै बाटैमा मृत्यु भएको वेलका नगरपालीकाका मेयर स्वस्तिक थापाले बताउनु भयो ।

आर्थिक अवस्था कमजोर भएका कारण सुत्केरी गराउन रामपुर बर्थिङ सेन्टरमा नपुग्दै बाटैमा मृत्यु

केही दिन अगाडी रामपुर स्वास्थ्य चौकीमा गर्भवतीको चेक जाँच गर्ने क्रममा बच्चा उल्टो देखिएकोले स्वास्थ्य कर्मीले सुविधा सम्पन्न अस्पतालमा बच्चा जन्माउन आग्रह गरेका थिए । तर, आर्थिक अवस्था कमजोर भएकोले बाहिर सुविधा सम्पन्न अस्पतालमा जान नसकेपछि महिलाको मृत्यु भएको मेयर थापाले बताउनु भयो । महिलालाई प्रशव व्यथा लागेपछि श्रीमानले श्रीमतिलाई एक्लै टेम्पोमा चढाएर स्वास्थ्य चौकी पठाएर आफु पैसा खोज्न तिर लागेपछि स्वास्थ्य चौकी पुग्दै गर्भवतीको मृत्यु भएको मेयर थापाले बताउनु भएको छ । मेयर थापाका अनुसार उनको १३ वर्षकै उमेरमा भागी विवाह भएको थियो । उनको एक अढाई वर्षको छोरी समेत रहेको छ । अर्थिक अवस्था कमजोर, अशिक्षा, बेरोजगारीको कारण गर्भवती महिलाको ज्यान जाने गरेको छ। यो एउटा प्रतिनिधि घटना मात्र हो । नेपालमा आर्थिक अभावले ज्यान गुमाउने गर्भवती महिलाको संख्या उलेख्य छ ।