२०७५ कार्तिक २६ सोमबार Monday, November 12

स्टुडियो टाइम : ११ : ३३

आज कुकुर तिहार

कुकुरको पुजा गरिदै
image

यम पञ्चकको दोस्रो दिन आज कुकुरतिहार । कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँ कुकुर तिहार मनाईदैछ । सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । मानिसका लागि उपयोगी मानिएका जिवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने चलन रहेको छ । मालिक प्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउने जस्ता अनेक गुण कुकुरमा हुन्छ ।  सुँघ्नसक्ने उच्च क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ । अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि कुकुर प्रयोग हुँदै आएको छ । यिनै गुणका कारण कुकुरको पूजा गरिने परमपरा बस्दै आएको हो ।