२०७५ कार्तिक २६ सोमबार Monday, November 12

स्टुडियो टाइम : ११ : ३३

महिला समुहद्धारा व्यवसायीक रुपमा सयपत्री फुलको खेती

फुल खेतिबाट ७०/८० हजार आम्दानी हुने अनुमान
image

उदयपुर, उदयपुरको त्रियुगा नगरपालीका वडानम्वर ८ बाग्चौरी, खाटमन्दिरमा दनुवार महिला समुहले सयपत्रि फुलको व्यवसायीक खेति गरेका छन् । यसवर्ष ४ कठ्ठा जग्गामा “दुर्गादनुवार महिला समुह”ले सामुहिक रुपमा व्यवसायीक फुल खेति गरेको समुहका अध्यक्ष धनमाया दनुवारले बताउनु भयो । गतवर्ष फुल खेति गर्दा ढिला फुल फुलेर ५४ प्रतिशत मात्र फुल विक्रि गर्दा पनि ४५ हजार आम्दानी भएको थियो । गतवर्ष माग अनुसारको फुल पुर्याउन नसकेको र फुलको आम्दानीले उत्साह थपिएर पनि यसवर्ष समुहले फुल खेति गरेका हुन् । तालीम विना नै अनुभवको आधारमा महिलाहरुले फुल खेतिगर्दै आईरहेका छन् । फुलखेति गर्ने अनुभव हुदै गयो “कुन समयमा फुलको विउ राख्ने, परम्परा अनुसार दसरामा फुलको विउ राखिने भनिए पनि पछिल्लो समयमा बृथ्वीमा बढ्दै गएको तापक्रमले गर्दा फुल अघि–पछि फुल्ने भएको हुदा समयको तापक्रम हेरेर विउ राखिएको र यत्तिवेला चाहि फुल ढकमक्क फुलेको” व्यवसायीक फुलखेति गर्दै आएका संस्थाका सल्लाहाकार धनराम दनुवारले बताउनु भयो ।

''उदयपुरमा यस वर्ष अधिकांस सयपत्रि फुल फुलेर सुकिसकेको छ  तर “दुर्गा दनुवार महिला समुह”ले व्यवसायीक रुपमा गरेको सयपत्रि फुल फुलेर भने ढकमक्क भएको छ'' ।

उदयपुरमा यस वर्ष अधिकांस सयपत्रि फुल फुलेर सुकिसकेको छ । तर “दुर्गा दनुवार महिला समुह”ले व्यवसायीक रुपमा गरेको सयपत्रि फुल फुलेर भने ढकमक्क भएको छ । अन्य वालीलाई जस्तो मेहनत गर्नु नपर्ने, फुलको दलराखेर विरुवा रोपेछि एक पटक गोडमेल गरे हुने भएकाले यो व्यवसाय धेरै सजिलो र आम्दानी पनि राम्रो हुने अध्यक्ष दनुवारले बताउनु भयो । ३ महिनाको मेहनतमा ४ कठ्ठा जमिनमा लगाईको फुलबाट ६/७ सय माला हुने र त्यसबाट ७०/८० हजार जति आम्दानी हुने अनुमान गरिएको संस्थाका सल्लाहाकार धनराम दनुवारले बताउनु भएको छ ।

उदयपुरमा फुलको माग बढ्दै गएको हुदा व्यवसायीक रुपमा फुलखेति गरिएको समुहका सचिव निर्मला दनुवारले बताउनु भयो । वहाका अनुसार फुल लक्ष्मिपुजाको अघिल्लो दिन टिपेर माला गासि एकसयका दरले विक्रि गरिनेछ । उदयपुरमा फुलको बजारीकरण गर्न सके ''रोजगारीको सृजना गरेर बाझो जग्गामा व्यवसायीक फुलखेति गरेर मनग्य आम्दानी गर्न सकिने'' स्थानीय बुद्धिजिवीको भनाईछ । बैदेशिक रोजगारमा गएका युवाहरुले स्वदेशमै फुलखेति गरे चाडबाडको वेलामा फुलको लागी भारतिय बजारमा निर्भर हुनुपरेको देशले आगामी वर्षबाट फुलको आयात रोकेर निर्यात गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

फुल आवश्यक भए समपर्क नम्वर : ९८४२९४७८४७