२०७५ चैत ६ बुधबार Wednesday, March 20

ताजा अपडेट :

विदेशवाट फर्केर भैसीपालन गर्दै कार्की, मासीक ९० हजार आम्दानी

image

रिता राउत, उदयपुर
युवाहरु रोजगारीका शिलशिलामा विदेश पलायन भइरेहका बेला उदयपुरको त्रियुगा नगरपालीका वडा नम्वर १६ का नैन वहादुर कार्की भने आधुनीक पशु पालनवाट आत्मानिर्भर तथा उदाहरणीय वनेका छन् । परम्परागत भैसी पालन छाडेर  आधुनीक तरिकाले भैसी पालन थालेपछि उहाँले दुध वेचेरै मासीक ९० हजारसम्म आम्दानी गर्दै आएका छन् । कार्कीले २०७३ सालमा फर्म दर्ता गरि ३ वटा भैसी पालेर व्यावसाय सुरु गर्नु भयो । त्यसबाट मनग्य आम्दानी हुन थालेपछि आफु व्यावसायिक भैसी पालनतर्फ आकर्षित भएको उहाँले वताउनु भयो  । कार्कीले २ वर्षको अन्तरालमै उहाले ८ वटा भैसी पुराईसक्नु भएको छ । उहाँका ८ वटा भैसीले दैनिक ६० लिटर सम्म दुध दिने गरेका छन् । दुध प्रति लिटर ६८ रुपैयामा विक्रि हुदै आएको छ ।

 


घर परिवारसंग बसेर ब्यवसाय गर्दा आत्मसन्तुष्टी मिलेको उहाँले भन्नुभयो । उहाँको यो व्यावसायमा परिवारले पनि पुर्ण साथ दिने गरेका छन् । “ आफुलाई अघिल्लो आर्थीक वर्षमा वडा कार्यलयवाट ५० हजार गोठ सुधारको लागी सहयोग प्राप्त भएको उहाँले भन्नुभयो, त्यसले गर्दा आफुलाई उच्च मनोबल मिलेको छ ”।  त्यस क्षेत्रका उत्पादित दुध गाईघाट वजारमा सजिलै विक्रि हुन्छ । बैदेशिक रोजगारका क्रममा ५ बर्ष दुबइमा बिताएका उहाँले बिदेशीभुमीमा गई दुःख गर्नुभन्दा बरु आफ्नै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने आत्मबिश्वासका साथ गाउंमै भैसी व्यावसाय खोलेको बताउनु भयो । मेहनत गर्न सक्दा र काममा खटियो भने बिदेशमा कमाउने भन्दा दोब्बर गाउँघर मै कमाउन सकिने उहाँको अनुभव छ ।