२०७६ श्रावण ६ सोमबार Monday, July 22

ताजा अपडेट :

युवा क्लबको अध्यक्षमा रुपेश दनुवार चयन

image

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ का युवा क्लबको अध्यक्षमा रुपेश दनुवार चयन भएका छन । मंगलवार युवा क्लव गठन तथा परिचालनका लागी १ दिने अनुशिक्षण कार्यक्रमका बिच युवा क्लब गठन गरि १५ सदस्य सहित दनुवारलाई युवा अध्यक्षमा सर्वसहमत चयन गरेको हो ।

 

त्रियुगा नगरपालिका नगर कार्यपालिकाको कार्यलय गाईघाट उदयपुरको आयोजनामा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै उपाध्क्षमा पुजा चौधरी,सचिबमा अन्जला कार्की,कोषध्यक्षमा अनिष दनुवार,सदस्यमा क्रमशः समझ चौधरी,कल्पना बुढाथोकी,बिजय पौडेल,रेजिना पाण्डे र किर्सला दनुवार लगाएत १५ सदस्य वडा स्तरिय युवा क्वल गठन गरेको छ ।

 


राष्ट्रिय युवा परिषद ऐन २०७२ राष्ट्रिय युवा निति २०७२ तथा युथभिजनको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निमार्णको आधार स्तम्भको रुपमा रहेका नेपालि युवा बर्गको नेतृत्व तथा क्षमता विकासका लागी त्रियुगा नगरका वडा भरिनै कार्यक्रम संचालन भइरहेको त्रियुगा नगरपालिकाका उधम बिकास शाखाका कार्यक्रम संयोजक अजन्ता पौडेलले बताउनुभयो । वहाले, देशको शासन संचालन प्रणाली र सुसासन सम्बन्धममा युवालाई सुसुचित र सशक्तिकरण गर्दै उनीहरुको सर्वाङ्गीण बिकासका लागी युवामैत्री निति,योजना,कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवा लक्षित उद्देश्य प्रप्तिका लागी राज्य तथा नगरपालिकालाई पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निमार्ण गर्न यस कार्यक्रमले सघाउने बताउनुभयो ।

 


त्यस्त,ै बिचार शुद्ध हुन्छ अनि मात्र बिकास हुने भएकोले शुद्ध विचारका साथ अगाडि बढ्न युवाहरुलाई  वडा नम्वर ८का अध्यक्ष कमल कुमार राउतले आग्रह गर्नुभयो ।अध्यक्ष राउतले, वडा कार्यलयावाट संचालन हुने युवा लक्षित कार्यक्रमहरु युवा कलवको आयोजनामा गरिने भएकाले विभन्नि संचेतनामुलक कार्यक्रमहरुको योजना लिएर आउन युवाहरुलाई अनुरोध गरेका छन् । कार्यक्रममा समाजसेवी,बृद्धिजिबि,संचारकर्मी र वडा नम्वर ८ भित्रका ३० जना युवाहरुको सहभागिता रहेको थियो ।