२०७५ पौष ४ बुधबार Wednesday, December 19

स्टुडियो टाइम : ११ : ३३

About Us

नेपाल सरकार सुचना तथा संचार मन्त्रालय बाट मिति २०७० अषाढ १९ गते इजाजत प्राप्त गरेको हो । आदिवासी जनजाति संयुक्त संचार समाज द्धारा संचालित सामुदायिक रेडियो पहिचान १०५.३ मेगाहर्ज कञ्चनपुर जिल्लाको भिमदत्तनगरपलिका २ भाँसी बाट २०७१ जेष्ठ १५ गतेका दिन प्रशारण जारी गरेको हो । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बाट तिन किलोमिटर पूर्व महेन्द्रराजमार्ग छेउमा रहेको यो रेडियो एक सय वाट क्षमतामा बिहान ५ बजे देखि राति १२ बजे सम्म दैनिक १९ घण्टा प्रशारण हुने सुदुर पश्चिमाञ्चल विकास क्षेत्रकै एक मात्र रेडियो हो ।
 

 बिहान ५ बजे देखि राति १२ बजे सम्म दैनिक १९ घण्टा प्रशारण हुने सुदुर पश्चिमाञ्चल विकास क्षेत्रकै एक मात्र रेडियो हो ।

 
संचार नै सुचनाको उपयुक्त माध्यम हो भन्ने मुल उद्देश्यका साथ संचार जगतमा हाम्रो अभियान निश्पक्ष समाचार, मनोरञ्जनका लागि हाम्रो अभियान भन्ने मुल नारा लाई आत्म साथ गर्दै नियमित प्रशारण भएको यो रेडियो आदिवासी जनजाति समुदायकै एक नमुना रेडियो को रुपमा चिनिन्छ । 
 
२. प्रशारण  क्षमता : १०० वाट
कञ्चनपुर लगाएत, छिमेकी जिल्ला कैलाली, डोटी, डडेल्ढुरा, बैतडी, दार्चुला लगाएतका सुदुर पश्चिम विकास क्षेत्रका विशेष भु–भागमा कभरेज रहेको यो रेडियो छिमेकी देश भारतको टनकपुर, बनबसा, खटिमा, बरेलि लगाएत भु–भागमा आफ्नो कभरेज पहुँच जोडेको छ । 
 
३. प्रशारण अवधि  : १९ घण्टा (बिहान ५ बजे देखि राति १२ बजे सम्म)
कञ्चनपुरको भाँसी वाट प्रसारण हुने यो रेडियो प्रत्येक दिन विहान ५ बजे देखि  १९ घण्टा नियमित प्रसारण हुने गर्दछ ।