२०७५ माघ ८ मंगलबार Tuesday, January 22

स्टुडियो टाइम : ११ : ३३

१२ ओं वाषिर्क सधारण सभा सम्पन्न

image

भुटाहा । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ४ साबिक को हरिनगरा गाविस वडा नम्बर २ मा रहेकोे श्री जय भवानी बचत तथा ऋण सहकारी संस्था लि. को १२ ओं वाषिर्क सधारण सभा सम्पन्न भएको छ ।

 

ग्रामिण भेगका जनता लाई सहज र सरल सुविधाको लागि स्थापना गरेको सो सहकारी को मुल्य उदेश्य रहेकोे छ । संस्था को कुल कारोबार १ (एक ) करोड ३५ लाख भएको छ । संस्था को मुनाफा ६लाख ७५ हजार रहेको संस्था का लेखा समिति का संयोजक सुर्यनारायण यादव ले बताए ।सो संस्था को शेयर सदस्यहरु २९४ जना रहेको छ ।संस्थाको भवनको लागि हरिनगरा बजारमा ५ धुर जग्गा लिएर २ कोठे भवन बनाएको छ ।१२ ओं सधारण सभामा ८ जना संस्थापक शेयर सदस्यहरु ,जेष्ठ नागरिक लाइ सम्मान र अतिथिहरु लाई मायाको चिनो गरिएको संस्थाका सचिव शिवहरि श्रेष्ठ लेबताएका हो।

 

सधारण सभाका प्रमुख अतिथि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी ,हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम भगत , अतिथी हरु मा हरिनगर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सुदिलाल मेहता, इलाका प्रहरी कार्यालय हरिनगरा का प्रमुख भिम बहादुर श्रेष्ठ , नेपाली कांग्रेस हरिनगर गाउँपालिका वडा नम्बर १र २ का भुटाहा गाउँ सभापति सराजुद्दिन मिया ,हरिनगर गाउँ कार्यापालिका सदस्य सुशील ठाकुर, मेल मिलाप केन्द्र हरिनगर का संयोजक अलाउदिन अन्सारी ,हरिनगर गा . पा. का स्वास्थ संयोजक माधव लाल देव ,हरिनगर गा. पा. वडा नम्बर ६ का वडा सचिव समिम अन्सारी ,हरिनगर प्राथमिक स्वास्थ केन्द्र का प्रमुख सुनिल चोधरी ,नेपाल रेड्क्रस सोसाइटी हरिनगरा का प्रमुख कृष्ण प्रसाद देव ,विभिन्न संघ संस्था का प्रतिनिधि ,समाज सेवि लगायत को अतिथि हरु को उपस्थिति रहेको थियो।

 

प्रमुख अतिथी हरिनगर गाउँ पालिका अध्यक्ष गफार अन्सारी युवा हरु ले समाज लाई सहि बाटो तर्फ लाग्न सहकारी हरु को स्थापन गरेको हुन ले आउँदो दिन हरु मा यो संस्था ले अझ प्रगति गरेर समाज लाई सहि बाटो तर्फ लग्न सहकारीहरु को ठुलो भुमिका रहेको , समाज सुधार का विभिन्न कार्यक्रम हरु गरि यो संस्था ले धेरै नै ठुलो नाम कमाएको र अगामी दिन हरु मा यो संस्था ले आफ्नो काम सहि र इमानदारी पुर्वक गर्नु पर्ने , यो सहकारी हरिनगर गा . पा. वडा नम्बर ४ मा केन्द्रित नरहि गाउँपालिका का सात (७ )वटे वडाहरुमा काम गर्नुपर्ने गाउँ पालिका अध्यक्ष अन्सारी ले सधारण सभामा भने । सधारण सभा को अध्यक्षता श्री जय भवानी बचत तथा ऋण सहकारी संस्था लि . का अध्यक्ष खलालन लाल देव को अध्यक्षता मा सम्पन्न भएको थियो ।