२०७५ पौष ४ बुधबार Wednesday, December 19

स्टुडियो टाइम : ११ : ३३

न्याय खोज्दैं जनता  ‘सरकार भेटियो न्याय भेटिएन’

image

साउन १० गते बलात्कार पछि हत्या भएकी निर्मला पन्तलाई अहिलेको सरकारले न्यायको अनुभुति दिन नसकेको भन्दै कञ्चनपुरका अधिकारकर्मी, स्थानिय वासिन्दा र निर्मलाका आफन्तले आज कञ्चनपुरको विभिन्न भाग र भीनपाको बजार क्षेत्रमा सरकार भेटियो न्याय भेटिएन भन्ने पोष्टर टाँस्सेका छन् ।
बहिनीको हत्या भएको चार महिना वितिसक्दा पनि अहिले सम्म अपराधी पत्ता लगाउन नसकेकोले यो सरकारलाई थप दवाब दिन र अपराधी पता लगाई बहिनी लाई न्याय दिलाउनको लागि आफु पनि पोष्टर टास्दै  न्यायको माग गर्दै हिडेको दिदी मनिषा पन्तले बताईन ।  
अहिले सरकारले काठमाडौंका बिजुलीको पोलपोलमा नयाँ युगको सरकार भन्दै पोष्टर टास्दै हिडको छ । जब गरीब निमुखा जनता बलात्कृत भएर मरिरहेका छन्, न्याय माँग्दा न्याय पाँउदैनन् के यही हो नयाँ युग ? जनतालाई न्याय दिनुको साटो न्यायको लागि लडिरहेका राज्यको चौथो अंग मिडियामा रोक लगाउनु, मिडिया माथी अत्याचार गर्नु, ज्यादती गर्नु, खुल्लम खुल्ला गुण्डागर्दी गर्नु, निर्मलाको हत्यारालाई आफनो कुर्सीको वरिपरी लुकाउनु, भएन भनेर निर्मलाको हत्याको समाचारमा सरकारी मिडियामा रोक लगाउने  जस्ता घृणित कार्य गरेको भन्दै अधिकारकर्मी शारदा चन्दले रोष व्यक्त गर्नु  भयो ।
नेपाली जनताले ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने अभियानले सरकारलाई केही लाज लागेर अपराधी सार्वजनिक गर्छ की ? न्याय पाइन्छ की ? भन्ने कुरा नागरिक दवाब मुलक सर्घष समितिको संयोजक मिना भण्डारीले बताईन । 
त्यसैगरी विपल्ब नेकपाले निर्मला पन्तको न्यायको लागि भन्दै मंसिर १६ गते दिउसो १२ बजे कञ्चनपुरको पुरानो जिल्ला कार्यालय अगाडि बाट जनपर्दशन गर्ने भएको छ ।