२०७५ पौष ४ बुधबार Wednesday, December 19

स्टुडियो टाइम : ११ : ३३

स्कुल बस दुर्घटना हुदा १० जनाको मृत्यु

राति परिसकेकाले उद्दारमा कठिनाई
image

डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । से १ च २९३ नम्बरको बस अाज साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा खाेलामा दुर्घटनामा परेको हो। 

 

 

स्कुल बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ। डडेल्धुराकाे गन्यापधुरा गाउपालिकाको रडुवा खोलामा आज साँझ स्कुल बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरिक्षक डम्बर केसीले बताए। राति परिसकेकाले उद्दारमा कठिनाई भइरहेको उनले बताए ।

 

 

दुर्घटनामा मृत्यु हुने व्यक्तिको संख्या बढ्न सक्ने प्रहरी नायब उपरिक्षक केसीले बताए। बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ । बसमा ४० भन्दा बढी सवार रहेको बताइएको छ। बस डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइन स्थित पीसजोन एकाडेमीको हो। अहिले प्रहरी त्यहाँ पुगेको र उद्दार कार्य भइरहेको छ।