२०७५ पौष ४ बुधबार Wednesday, December 19

स्टुडियो टाइम : ११ : ३३

वन्साहामा तिन दिने वेमौसम तरकारी खेती तालिम शुरु

 

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नं १ वन्साहामा तिन दिने वेमौसम तरकारी खेती तालिम शुरु भएको छ । वडा कार्यालयको सहयोगमा स्थानिय कृषकहरुलाई वेमौसमी तरकारी खेती सम्वनधी तालिम प्रदान गरी आयआर्जनमा सहयोग गर्ने उदेश्यले मंगलवारवाट तिन दिने वेमौसमी तरकारी खेती र च्याउ खेती तालिम एकै दिनवाट शुरु गरीएको हो । वेमौसमी तरकारी खेती तालिममा ३० र च्याउ खेती तालिममा ३० जना गरी ६० जना कृषकहरुले तालिम लिई रहेको वार्ड अध्यक्ष हरिश विष्टले वताउनु भयो । व्यवसायीक तरकारी खेतीका लागी सञ्चालन गरिएको तालिमका सहभागिहरुलाई सैद्धान्तीक र प्रयोगात्मक दुवै किसिमवाट प्रशिक्षण दिन कृषि सेवा केन्द्र झलारीका प्रमुख विर वहादुर कुवरको नेतृत्वमा कृषि प्राविधीकहरुले तालिम प्रदान गरीरहेका छन । २० गते सम्म चल्ने तरकारी खेती तालिमलाई व्यवस्थीत वनाउन दुई लाख र च्याउ खेती तालिमका लागी रु एक लाख रकम वडा कार्यालयले व्यवस्थापन गरेको वताउदै सहभागिहरुले व्यवसायिक तरकारी खेतीमा चासो देखाएमा अझै अपुग रकम थप्न सकिने वडा अध्यक्ष विष्टले वताउनु भयो । वार्ड सदस्य प्रमानन्द जोशीले स्वागत गरेको तालिम उदघाटन कार्यक्रममा वार्ड प्रतिनिधी,राजनितिक दलका प्रतिनिधी, स्थानिय समाज सेवी र स्थानिय कृषकहरुको समेत सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव सुरेन्द्र वहादुर चन्दले गर्नु भएको थियो ।