२०७५ पौष ४ बुधबार Wednesday, December 19

स्टुडियो टाइम : ११ : ३३

शुक्लाफाँटा नगरपालीकामा २७ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवश मनाईयो 

image

कञ्चनपुर,  “म लाई गणना गर, समावेश गर, अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशीता र समानता सुनिश्चित गर” भन्ने नारा सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकामा आज २७ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवशका अवसरमा मनाईएको छ । 

 


दिवशका अवसरमा झलारी बजारमा चेतनामुलक रयाली पछि नगरपालीका कार्यालयमा पुगेर कार्यक्रमको आयोजना गरिएको छ । 

 

 

“म लाई गणना गर, समावेश गर, अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशीता र समानता सुनिश्चित गर”


 


कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सदस्य लाल बहादु खडकाले अपाङ्गता भएका व्यक्तिहरुको रोजगारी, तालिम, शिक्षा, आय आर्जनका कार्यक्रममा पहँुच पुर्याउनका लागि कानुन निर्माण भैरहेको बताउनु भयो । 

 


उहाँले स्थानिय तहले अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्यक्रम सञ्चालन गर्ने भएकाले घर नजिकको सरकार बाट सेवा लिनु पर्नेमा जोड दिनु भयो ।


 प्रदेश सरकारले समेत स्थानिय तहको सरकार संग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिहरुकालागि कार्यक्रम सञ्चालन गर्न प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । 

 


कार्यक्रमको अध्यक्षता ग्रहण गरेका नगर प्रमुख दिल बहादुर ऐरले अपाङ्गता भएका व्यक्तिहरुका लागि वडा मार्फत कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजनभै कार्यान्वयनको चरणमा रहेको बताउनु भयो । 

 


नगरपालीकाका उप प्रमुख तुलसी देवी हमालले अपाङ्गता भएका व्यक्तिहरुको पहिचानको कार्य भैरहेकाले यकिन विवरण आएपछि कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । 

 


नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अबस्थीले अपाङ्गता भएका व्यक्तिहरुलाई सबै क्षेत्रमा समावेशीताका आधारमा सेवा प्रदान भैरहेको बताउनु भयो ।  कार्यक्रमका सहभागी अपाङ्गता भएका व्यक्तिहरुले माया दया नभएर शिक्षा र रोजगारीमा पहुँच पुरयाउन माग गर्नु भयो । कार्यक्रममा कृष्णबैजनाथ बहुमुखि क्याम्पसका प्रमुख गणेश ऐर, अपाङ्ग एकता समाजका हरिदत्त भट्ट, शिक्षक तेज बहादुर सुनार लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।