२०७५ पौष ४ बुधबार Wednesday, December 19

स्टुडियो टाइम : ११ : ३३

गुणस्तरहीन सामग्रीको प्रयोग गरी निर्माण भैरहेको वडा कार्यालय भवन भत्काउन शुरु

image

 कञ्चनपुर:
 कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वार्ड नं ७ जुडामा निर्माण भैरहेको वडा कार्यालयको भवन भत्काउन शुरु गरिएको छ । सम्झौता विपरित ठेकेदार कम्पनी नागार्जुन कन्ट्रक्सन महेन्द्रनगर ले गुणस्तरहीन सामग्रीको प्रयोग गरी वडा कार्यालय भवन निर्माण कार्य भैरहेको भनि नगरपालिकाले रोक लगाएपछी आइतवारवाट ठेकेदार कम्पनी आफैले हाल सम्म वनाएको भवन भत्काउन शुरु गरेको हो । भवन निर्माणको ठेक्का पाएको नागार्जुन कन्ट्रक्सन महेन्द्रनगर र वडा कार्यालय विच दुई पक्षिय सम्झौता अनुसार भवन निर्माणमा लगाइएको गुणस्तरहीन सामग्री हटाई पुनः सम्झौता वमोजिमको सम्पुर्ण समाग्री प्रयोग गर्ने गरी भवन निर्माण गर्नेे सहमती भएपछी ठेकेदार कम्पनीले हाल सम्म वनाएको निर्माण कार्य भत्काउन लागेको वताएको छ ।

गत आर्थिक वर्षमा रु ७३ लाख १३ हजार आठ सय चारको लागत रहेको तिन कोठे कार्यालय कक्ष, एक सभा हल, सेवाग्राहीहरुलाई वस्न सहजका लागी वरन्दा र स्नान घर सहितको सुविधा सम्पन्न शौचालय समेत रहेको ठूलो भवन नागार्जुन कन्ट्रक्सन महेन्द्रनगरले घटाघटीमा रु ५३ लाख ७७ हजार पाँच सय ३३ मा मूल्य अभिबृद्धि कर सहित ठेक्का सदर गरेको थियो । भवन निर्माणमा गुणस्तरहिन समाग्री प्रयोग गरी भवन निर्माण भैरहेको जनगुनासो वढेपछी नगरपालिकाका जनप्रतिनिधी, पत्रकार, प्राविधीक र सरोकारवाला निकायहरुले वुधवार भवनको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा उक्त भवनमा गुणस्तहीन इटाको प्रयोग गरिएको, स्थानिय खोलाको माटो मिसिएको बालुवा र मापदण्ड विपरितको गिट्टिको प्रयोग गरेको पाईए पछि सम्वन्धीत सवै सरोकारवालाहरुको रहोवरमा नगरपालिका कार्यालयले भवन निर्माणमा रोक लगाएको थियो ।

ठेकेदार कम्पनीले भवनसंगै रहेको शौचालयको खाल्डोमा समेत गुणस्तरहीन इट्टाको प्रयोग गरी प्लाष्टरको कार्य पुरा गरी रहेको उक्त टोलीले भेटाएको थियो । वडा अध्यक्ष जगत बहादुर सिंहले ठेकेदारले बदमासी गरी गुणस्तरहीन कार्य गरेकाले ठेकेदारलाई सजाय स्वरुप गुणस्तरहीन सामग्री पुरै हटाएर पुनः गुणस्तर युक्त कार्य गर्न लगाएको बताउनु भयो । अध्यक्ष सिहले भवन सवैको सार्वजनिक भएकोले ठेकेदारले पुन ः गुणस्तर युक्त कार्य गरे नगरेको समेत निगरानी गर्न सवैमा आग्रह गदै ठेकेदारले फेरी वदमासी गरेको पाइएमा कालोसूचिमा राख्नका लागि नगरपालिका कार्यालयले सिफारिस गरि पठाउने बताउनु भयो । नगरपालीकाका नगर प्रमुख दिल बहादुर ऐरले निर्माण भैरहेको भवनको अनुगमन गर्दा मापदण्ड विपरित भवन निर्माण भैरहेको पाईएको बताउनु भयो । भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाईएकाले निर्माण गरिएको भवन पुरै तोडेर पुनः निर्माण गर्न लगाएको वताउनु भयो ।

ठेकेदारले पुनः भवन निर्माणमा लापरवाही गरेको भेटिएमा ठेकेदार माथि कानुन बमोजिमको कार्वाही अगाडी बढाईन्छ ” उहाले भन्नु भयो । यसरी निर्माण भैरहेको भवन निर्माण गर्ने कार्य यही असोज देखि प्रारम्भ गरिएको थियो । भवन आउदो फागुन १५ गते भित्र रंगरोगन सहित निर्माण कार्यपुरा गरी वडा कार्यालयलाई हस्तान्तरण गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ