२०७५ कार्तिक २६ सोमबार Monday, November 12

स्टुडियो टाइम : ११ : ३३

माहाकाली नगरपालिकामा पालिका स्तरिय समुदाय प्रहरी साझेदारी समिति गठन

समुदाय प्रहरी साझेदारी कार्यक्रम
image

कञ्चनपुर, कञ्चनपुर जिल्लाको माहाकाली नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पालिका स्तरिय समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ ।

 

समुदाय र प्रहरी बिच आपशी सम्बन्ध बलियो बनाएर शान्ती सुरक्षा सुद्दृढ गर्ने लक्ष्यका साथ गृहमन्त्रालयले देश भरि नै समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको हो ।

 

माहाकाली नगरपालिकाको वडा नम्बर ५ मा रहेको ईलाका प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको हो । कार्तिक ११ गते आइतवार देशका ७७ वटै जिल्ला बाट समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई एकसाथ सुरु गरिएको थियो । मुलुकमा हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले कार्यक्रम सञ्चालन गरेको हो ।

 

माहाकाली नगरपालिकामा पनि मंगलवार समुदाय प्रहरी साझेदारीमा नगरपालिकाका प्रमुख संयोजक रहने गरि २१ जना सदस्य भएको समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालयको सबै स्थानीय तहमा समिति गठन गर्ने कार्यक्रम अनुसार मंगलबार माहाकाली नगरपालिकामा सरकारी तथा गैर सरकारी संस्था सहितको सहभागितामा कार्यक्रम गरी समिति गठन गरिएको हो ।