२०७५ कार्तिक २७ मंगलबार Tuesday, November 13

स्टुडियो टाइम : ११ : ३३

कालोपत्रे अधुरो छोडेने ठेकेदारलाई कार्वाही गरिने : संघिय सासद धामी

कलुवापुर वेलौरी सडक खण्डको ठेक्का पाएका ठेकेदारले काम समयमा नगरी भागे
image

विभिन्न विकास निर्माण कार्यका लागी ठेक्का लिई काम समयमा पुरा नगर्ने जो सुकैलाई पनि त्यसै नछोडीने संघिय सभाका सांसद नर बहादुर धामीले वताएका छन ।

कलुवापुर वेलौरी सडक खण्डको कालोपत्रे गर्ने ठेक्का पाएका ठेकेदारले काम समयमा नगरी भागेकोले उक्त ठेकेदारलाई सरकारले त्यसै नछोडने

 

सोमवार शुक्लाफाटा नगरपालिका वार्ड नं १ को कार्यालय वन्साहाले सञ्चालन गरेको शुभ कामना आदान प्रदान कार्यक्रममा वोल्दै सासद धामीले कलुवापुर वेलौरी सडक खण्डको कालोपत्रे गर्ने ठेक्का पाएका ठेकेदारले काम समयमा नगरी भागेकोले उक्त ठेकेदारलाई सरकारले त्यसै नछोडने वताएका हुन । शुभ दिपावली तथा छट पर्वको उपलक्ष्यमा सञ्चालन गरिएको देउसी,भैली मिलन कार्यक्रममा वोल्दै सासंद धामीले यहाँका अधिकांस व्यक्तिहरुको जग्गाको स्वामीत्व नभएकोले छिट्टै नै जग्गा धनि लालपुर्जा वितरणका लागी आफुले संसदमा पहल गरिरहेको वताए ।

 

चुनावमा गरिएको प्रतिवद्धता अनुसार आफुले कञ्चनपुरका समस्यालाई संसदमा प्रस्तुत गरिरहेको वताउदै सुकुम्वासी समस्या समाधान गरी जग्गाधनी लालपुर्जा वितरण गरिने वताएका छन । धामीले सुकुम्वासी समस्या समयमै समाधान गरिनुको विकल्प नभएको वताउदै वर्षौ देखि उपभोग गरिरहेको जमिनको स्वामित्व प्रदान गरिने वताए ।

 

देशमा संकटकालको मौका छोपी आरक्ष विस्तारको नाममा विस्थापित गरिएका आरक्षा पिडीतहरुको समस्या समाधान, महाकाली अञ्चल अस्पतालको डाक्टरको समस्या समाधान लगायतका विभिन्न विकास कार्यका लागी आफुले सरकारलाई घचघच्याइ रहेको वताउनु भयो । उहाले कञ्चनपुरका यि समस्यालाई नजिकवाट निहालेकोले यहाका समस्या समाधान नहुन्जेल सम्म आफुले लडीरहने वताउनु भयो । त्यसै गरी संघिय सभा सासंद विना वुढाथोकीले संघिय सरकार र प्रदेश सरकारले विभिन्न कानुन निर्माण गरिरहेकोले विकासको काममा ढिलासुस्ती भइरहेको वताउदै सरकारले हिउदे अधिवेशन सम्म विभिन्न कानूनहरु निर्माण गरी विकासको कामलाई तिव्रता दिने वताउनु भयो । कार्यक्रमका अर्का विशिष्ट अतिथी तथा प्रदेश सभा सदस्य लाल वहादुर खडकाले शुक्लाफाटा, वेदकोट र भिमदत्त नगरपालिका शुक्लाफाटा राष्ट्रिय निकुञ्ज संगै जोडिएकोले निकुञ्जवाट आउने जंगली जनावरले किसानहरुलाई दुःख दिदै आइरहेको हुदा जंगली जनावर नियन्त्रणका लागी प्रदेश सरकार र स्थानिय सरकारको संयुक्त साझेदारीमा विद्युतिय तारवार लगाउने कार्य केही दिमै शुरु गरिने वताउनु भयो ।

 

नगर भित्रका नदी कटानको समस्या समाधान गर्न प्रदेश सरकारले नगरका सम्पुर्ण खोलानालाहरु समेतने गरी यसै वर्षवाट नदि नियन्त्रणको योजना ल्याएको वतउदै प्रदेश सदस्य खडकाले शिक्षालाई गुणस्तयि शिक्षाको रुपमा विस्तार गर्न आफुले वढी भन्दा वढी वजेट शिक्षा क्षेत्र लगानी गर्ने वताउनु भयो ।

 

वार्ड अध्यक्ष हरिश वहादुर विष्टको सभापतित्वमा सञ्चालन गरिएको शुभ कामना आदान प्रदान कार्यक्रममा शुक्लाफाटाका नगर प्रमुख दिल वहादुर ऐर, उप प्रमुख तुलसी हमाल, वेदकोट नगरपालिकाका उप प्रमुख शुशिला सिह र नेकपाका युवा नेता नवराज ऐरले शुभ कामना मनतव्य व्यक्त गरेका थिए । वार्ड सदस्य उत्तर देव भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य प्रमानन्द जोशीले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी, विभिन्न दलका नेता तथा कार्यक्रता, वुद्धीजिवी समाज सेवी स्थानियवासी र पत्रकारहरुको समेत उपस्थिती रहेको थियो