२०७५ कार्तिक २६ सोमबार Monday, November 12

स्टुडियो टाइम : ११ : ३३

काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्ने :  मा‍. नर बहादुर धामी

‘टेण्डर लिने, समयमा काम पूरा नगर्ने ठेकेदारको पुरानो सिस्टम अब अन्त्य गर्नुपर्छ’,
image

प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्ने बताएका छन् । निर्माण व्यवसायीले काम नगरेकै कारण देश विकास मा बाधा पुगेको भन्दै सांसद धामीले यस्ता कामचोरलाई छुट दिएर देश नबन्ने जिकिर गरे।

 

‘टेण्डर लिने, समयमा काम पूरा नगर्ने ठेकेदारको पुरानो सिस्टम अब अन्त्य गर्नुपर्छ’,

 


‘टेण्डर लिने, समयमा काम पूरा नगर्ने ठेकेदारको पुरानो सिस्टम अब अन्त्य गर्नुपर्छ’, धर्मजनता माध्यामिक विद्यालय स्टेशनपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने,‘यस्ता देशद्रोही, अपराधीलाई दण्डित गर्नुपर्छ । विकासको गतिमा बाधा पु¥याउनेलाई छोड्नु हुन्न् ।’ 

 


गृह मन्त्रालयले कामचोर ठेकेदारको नाम जिल्ला जिल्लाबाट मगाएर कारवाहीको प्रक्रिया अगाडि बढाउन ढिलाई गरिरहेका बेला सत्तारुढ नेकपाकै सांसदबाट कारवाहीको माग उठेको हो । उनले कञ्चनपुरको २३ किलोमिटर दुरी भएको कलुवापुर–बैलौरी सडक खण्ड कालोपत्रे सुरु भएको ५ वर्ष वितिसक्दा पनि आधा पनि कालेपत्रे नभएको उदाहरण प्रस्तुत गर्दै ठेक्का लिने र काम नगरी म्याद थप्ने ठेकेदारलाई कार्वाहीको कठघरामा ल्याउनुको विकल्प नभएको बताए । 

 


निर्मला पन्त हत्या प्रकरणमा सरकारले विभिन्न छानविन समिति बनाएर अनुसन्धान गरिरहेको बताउँदै सांसद धामीले हत्यारा पत्ता लगाएर छाड्ने स्पष्ट पारे । ‘यहाँ सरकारले के ग¥यो निर्मलाको मुद्दामा भन्ने प्रश्न आएका छन्’, उनले भने, ‘सरकारले प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । विभिन्न समिति बनाएर सुक्ष्म छानविन गरिरहेको छ ।     अपराधी छिट्टै पत्ता लाग्छ । अपराधी जो सुकै भएपनि कारवाही गर्छाै ं।’ उनले कानुन बनाएर ऐलानी जग्गाधनीलाई लालपूर्जा दिने, आरक्ष पीडित, सुकुम्बासीको समस्या समाधान गर्ने, नदी नियन्त्रण, हात्ती आक्रमण नियन्त्रणका लागि आफूले पहल गरिरहेको जानकारी गराउँदै यी समस्यालाई एकै साथ समाप्तिको दिशामा लगिने प्रतिबद्धता जनाए । उनले आफूहरु अहिले कानुन निर्माणको चरणमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ साकार पार्न सरकार तत्पर रहेको दाबी गरे । 

 


‘वृद्ध भत्ता बढाउन सरकार तत्पर छ । नयाँ आर्थिक वर्ष सम्ममा वृद्धभत्ता ५ हजार पुग्छ’, उनले भने । ‘भ्रष्टाचार सहितको समृद्धि हुँदैन’ नेकपाका अर्का नेता एवं सुदूरपश्चिम प्रदेशका सांसद महेशदत्त जोशीले भ्रष्टाचार सँग सँगै समृद्धि र विकास अघि नबढ्ने बताए । उनले भ्रष्टाचारीलाई कारवाही गर्न माग समेत गरे । ‘हाम्रो दुस्मनी गरिबी र भ्रष्टाचारसँग हो’, उनले कार्यक्रममा भने, ‘भ्रष्टाचार सहितको समृद्धि र कुसंस्कार सहितको परिवर्तन हुँदैन ।’ उनले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सभामा आवाज उठाउने प्रतिबद्धता पनि जनाए । 

 

‘जनताको आशा वेवास्ता गर्ने छुट कुनै सरकारलाई छैन् ।’

 

जनताले तीव्र विकास चाहेको भन्दै सांसद जोशीले यसका लागि तीनै तहको सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । ‘सरकारलाई म भर्खरै आएको हुँ, एक महिना मात्र भयो भन्ने छ । जनतालाई सरकार आएको ३६ महिना जस्तो लागेको छ । यसको तारतम्य मिलाउनुपर्ने छ’, उनले भने, ‘जनताको आशा वेवास्ता गर्ने छुट कुनै सरकारलाई छैन् ।’ यदि सरकारले काम गरेनन र जनतामा आशा म¥यो भने मुलुक ठूलो संकटमा पर्ने उनको चेतावनी छ । त्यसै गरी संघिय सभा सासंद विना वुढाथोकीले संघिय सरकार र प्रदेश सरकारले विभिन्न कानुन निर्माण गरिरहेकोले विकासको काममा ढिलासुस्ती भइरहेको 

 


वताउदै सरकारले हिउदे अधिवेशन सम्म विभिन्न कानूनहरु निर्माण गरी विकासको कामलाई तिव्रता दिने वताउनु भयो । कार्यक्रमका अर्का विशिष्ट अतिथी तथा प्रदेश सभा सदस्य लाल वहादुर खडकाले शुक्लाफाटा, वेदकोट र भिमदत्त नगरपालिका शुक्लाफाटा राष्ट्रिय निकुञ्ज संगै जोडिएकोले निकुञ्जवाट आउने जंगली जनावरले किसानहरुलाई दुःख दिदै आइरहेको हुदा जंगली जनावर नियन्त्रणका लागी प्रदेश सरकार र स्थानिय सरकारको संयुक्त साझेदारीमा विद्युतिय तारवार लगाउने कार्य केही दिनमै शुरु गरिने वताउनु भयो । नगर भित्रका नदी कटानको समस्या समाधान गर्न प्रदेश सरकारले नगरका सम्पुर्ण खोलानालाहरु समेटने गरी यसै वर्षवाट नदि नियन्त्रणको योजना ल्याएको वतउदै प्रदेश सदस्य खडकाले शिक्षालाई गुणस्तयि शिक्षाको रुपमा विस्तार गर्न आफुले वढी भन्दा वढी वजेट शिक्षा क्षेत्र लगानी गर्ने वताउनु भयो ।

 

 

कार्यक्रममा संविधान सभाका पूर्व सदस्य कृपाराम रानाले नेपालको संविधान २०७२ हजारौ सहिदहरुको वलिदानी ,करोडौ नेपाली जनताको अथक त्याग तपस्या र प्रयासले आएको वताउदै यसै संविधान भित्र रही अहिलेको तिन वटा सरकार सञ्चालनमा आइरहेको वताउनु भयो । सरकार सञ्चालनका लागी नया संरचना अनुसार नयाँ नयाँ कानूनहरु निर्माण भइरहेकोले यसै कानुको आधारमा छिट्टै विकासको मुल फटने वताए । कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले शुक्लाफाँटा नगरपालिकाको चौतर्फिक विकासका लागी संघिय र प्रदेश सरकारको सहयोग र साथको आवश्यक्ता भएको वताउनु भयो । उहाँले नगरले गर्न सक्ने योजनाहरु नगरले गर्ने योजना तयार गरिसकेको उल्लेख गर्दै नगरका गौरवका योजना निमार्णमा माथिल्लो सरकारवाट सहयोगको अपेक्षा रहेको वताउनु भयो । 

 

 

कार्यक्रममा वेदकोट नगरपालिकाका उप प्रमुख शुशिला सिह, शुक्लाफाँटा नगरपालिकाका सामजिक शाखाका संयोजक शिवराज पनेरु, वार्ड नं ९ का अध्यक्ष रमेश वहादुर ऐर, ८ का अध्यक्ष वहादुर सिह महरा, ७ का अध्यक्ष जगत वहादुर सिह, सम्पुर्ण विद्यालय व्यवस्थापन समितिको तर्फवाट श्री राष्ट्रिय माविका अध्यक्ष विष्णु दत्त जोशी, सम्पुर्ण विद्यालय प्रशासनको तर्फवाट श्री कृष्ण वैजनाथ वहुमुखी क्याम्पसका प्रमुख गणेश वहादुर ऐर, विद्यार्थी नेता नवराज ऐरले लगायतका प्रतिनीधीहरुले शुभ कामना मनतव्य व्यक्त गरेका थिए ।
शुक्लाफाटा नगरपालिका वार्ड नं ७ र ८ को सहयोगमा धर्मजनता माविको अयोजनामा सञ्चालन गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष प्रेम धानुकले गरेको कार्यक्रमका अतिथीहरुलाई स्वागत प्र अ पिताम्वर जोशी गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक अशोक वमले गरेका थिए । कार्यक्रममा सुपकला केन्द्र र विद्यालयका तर्फबाट सांस्कृतिक प्रस्तुति राखिएको थियो । त्यसै गरी कालिका युवा क्लव असैनाको आयोजनामा पनि शुभ कामना आदान प्रदान कार्यक्रम सञ्चालन गरिएको छ । क्लवका प्रतिनिधी चन्द्र वडको सभापतित्वमा सञ्चालन गरिएको कार्यक्रममा संघिय सभा सदस्य नर वहादुर धामी प्रमुख अतिथी रहनु भएको थियो ।