२०७५ फाल्गुण ६ सोमबार Monday, February 18

ताजा अपडेट :

आँखा शिविर बाट तीन सय ४६ जना लाभान्वित

image

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ९ सिसैयामा शनिवार आयोजित एक दिने आँखा शिविर बाट तीन सय ४६ जनाले सेवा लिएका छन । 

 


नगरपालीकाको वडा नं ९ को आयोजनामा सञ्चालन गरिएको शिविरमा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा प्रमोद अधिकारी र नेत्र अधिकृत वीर सिंह धामीले सेवा संगै प्राविधि सहयोग गर्नु भएको छ ।  शिविरमा आँखा जाँचका लागि पुगेका मध्ये ३० जनामा मोतिया विन्दुको समस्या देखा परेको नेत्र अधिकृत धामीले बताउनु भयो ।

 


 मोतिया विन्दु भएका आँखाका बिरामीको आइतवार गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिको उहाँले बताउनु भयो । 
उहाँका अनुसार दुई जनामा आँखा भित्रको नशा फुलेको पाईएकाले उपचारका लागि गेटा अस्पतालमा जान सल्लाह दिईएको छ । 

 


“शिविमा आँखा बाट आँसु बग्ने, जलविन्दु भएका, आँखामा संक्रमण भएका र आँखामा मासु पलाएका विरामीलाई निःशुल्क रुपमा शिविरमा औषधी समेत वितरण गरिएका छा”ैं उहाँले भन्नु भयो ।

 


 आँखा शिविर बाट सेवा लिनेमा ९० प्रतिशत दलित र बाँकी अन्य समुदायका व्यक्तिहरु रहेका थिए । शिविर सञ्चालनका लागि रु एक लाख ५० हजार रकम खर्च लागेको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनु भयो । 

 


“वडाको रकम संगै गेटा आँखा अस्पताल र झलारी स्वास्थ्य चौकी बाट समेत शिविरमा उपचारका लागि पुगेका विरामीलाई निःशुल्क औषधी उपलव्ध गराईएको छ” उहाँले भन्नु भयो ।