२०७५ चैत ६ बुधबार Wednesday, March 20

ताजा अपडेट :

बन्दको कपिलवस्तुमा पनि प्रभाव

बन्दको कपिलवस्तुमा पनि प्रभाव
image

सुर्य गुरुङ्

कपिलवस्तु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको कपिलवस्तुको प्रमुख वजार तौलिहावा चन्द्रौटा ४ नं लगायत गोरुसिङ्गेमा पनि प्रभाव परेको छ ।

बन्दका कारण बजार क्षेत्रका सबै पसल बन्द छन् । भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । छोटोदुरीको मोटर साईकल फाट फुट चलेता पनि लामो दुरीका सवारी साधन पुर्ण रुपमा बन्द छन । 

आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा कपिलवस्तु प्रभावित बनेको हो ।