२०७५ फाल्गुण ६ सोमबार Monday, February 18

ताजा अपडेट :

फागुन १५ गते देखि कपिलवस्तुमा हातिपाईले विरुद्धको औषधि खुवाउदै

हातिपाईले विरुद्धको औषधि खुवाउदै
image

 

कृष्ण गैरे ,कपिलवस्तु।

हात्तीपाईले रोग नियन्त्रणकालागि जिल्लामा लगातार १० बर्ष अभियान संचालन गरिए पनि साढे बाह्र प्रतिशतमा अझै हात्तीपाईले संक्रमण भेटिएको छ । हात्तीपाइले रोगी बढी रहेको जिल्लामा सुचीकृत जिल्ला कपिलवस्तुमा बिगत २०६४ देखि लगातार अभियान संचालन गरिएका छन ।

तर हात्ती पाईलेका रोगीहरुको संख्या भने घटेको छैनन । २०२० भित्र हात्तीपाईले रोगीको संख्या १ प्रतिशत भन्दा कममा झार्ने सरकारी योजना छ । सो अवधिमा यसको निवारण निकै चुनौतीपुर्ण रहेको स्वास्थ्यकर्मी बताउछन ् । गएको फागुनमा जिल्लामा अन्तिम पटककालागि भन्दै १० औ बर्षको अभियान संपन्न गरिएको थियो । १० वर्ष सम्म अभियान संचालन गर्दा समेत प्रभावकारी नभएपछि जिल्लामा नयां रणनितिका साथ यसपाली अभियान संचालन गर्न लागीएको शिवराज नगरपालीकाका स्वास्थ्य साखा प्रमुख विष्णु क्षेत्रीले वताउनुभयो । आज चन्द्रौटामा हातीपाईले रोग बिरुद्धको आम औषधि सेवन सम्वन्धी नगरस्तरि अन्तरक्रीया कार्यक्रमलाई सहजीकरण गर्दै प्रमुख क्षेत्रीले जिल्लामा यस बर्ष स्वास्थ्यकर्मीको प्रत्क्षय निगरानीमा औषधी खुवाईने वताउनुभएको छ ।

बिगतमा महिला स्वयमसेविका मार्फत औाषधी खुवाईने गरिएपनि यस वर्ष घरघरमा पुगेर स्वाथ्यकर्मीको निगरानीमा औषधि खुवाईने वताउनुभयो । फागुन १५ गते देखि शिवराज नगरपालीकाभित्र औषधि खुवाउन सुरु गरिने उहांले वताउनुभएको छ । हातीपाईले रोग लागीसकेपछि उपचार संम्भव नभएकाले औषधि सेवनमा कोही नछुटन उहाले सवैलाई आवहान गर्नुभएको छ । कार्यक्रममा शिवराजनगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले हातीपाईले रोगको संक्रमणवाट वच्नको लागी अनिवार्यरुपमा औषधि सेवन गर्नुपर्ने वताउनुभएको छ । सरकारले १० वर्षसम्म अभियान संचालन गर्दा समेत जिल्लामा अभियान सफल हुननसकनु दुखद भएको वताउदै औषधि सेवन गरि आफु संगै अरुलाई समेत वचाउनको लागी आग्रह गर्नुभयो ।

फागुन १५ गते देखि शिवराज नगरपालीकामा ४९ जना स्वाथ्यकर्मी औषधि सेवन गराउनको लागी घरघरमा खटिने उहांले वताउनुभएको छ । चन्द्रौटामा सम्पन्न अन्तरक्रीया कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवंम प्रतिनिधि ,स्वाथ्यकर्मी , संचारकर्मी लगाएतले अभियानलाई तिव्र प्रचारप्रसार गरिसफल वनाउनुपर्नेमा जोड दिएका छन । हात्तीपाइृले उच्चेरिया बाक्रोफेटी नामको परजीवीबाट लाग्दछ । यो परजीवी एक ब्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाईबाट सर्दछ । यो रोग बिरुद्ध एडबेन्डाजोल र डिईसी नामक औषधी दिईन्छ र यो पुर्णतया सुरक्षित हुने स्वास्थ्यकर्मी बताउछन