२०७५ माघ ८ मंगलबार Tuesday, January 22

स्टुडियो टाइम : ११ : ३३

बन्दीपुरमा फोहरमैला सङ्कलन केन्द्र

फोहरमैला व्यवस्थापनका लागि सहज हुने
image

दमौली, तनहुँको बन्दीपुर गाउँपालिकाले फोहरमैला सङ्कलन केन्द्र निर्माण गरेको छ । 

 



गाउँपालिकाको शहरी क्षेत्रबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि वडा नं १ को कुखुरेपानीमा फोहरमैला सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले रु २५ लाखमा सङ्कलन केन्द्र निर्माण गरिएको बताउनुभयो । गाउँपालिकामा फोहरमैला सङ्कलन केन्द्र नहुँदा समस्या उत्पन्न भएपछि पाँच रोपनी सार्वजनिक जग्गामा केन्द्र निर्माण गरिएको हो । 

 

“सङ्कलन केन्द्रका लागि उपयुक्त खोजी गरिरहेका थियौँ, जसकारण केही समय ढिला हुन गयो ।”

 



“फोहरमैला सङ्कलन केन्द्र नहुँदा चुँदी खोला नजिक जथाभावी फोहरमैला बिसर्जन गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अब भने फोहरमैला व्यवस्थापनका लागि सहज हुने विश्वास गरिएको छ ।” 

 



गाउँपालिकाको शहरी क्षेत्रबाट दैनिक दुई ट्र्याक्टर फोहर सङ्कलन हुने गर्छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले फोहरमैला केन्द्र निर्माण गर्न केही समय अघिदेखि नै प्रयास गरिएको भए पनि जग्गाको पहिचान हुन नसक्दा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्कलन केन्द्रका लागि उपयुक्त खोजी गरिरहेका थियौँ, जसकारण केही समय ढिला हुन गयो ।” 

 



उहाँका अनुसार गाउँपालिकालाई पूर्ण सरसफाइ र वातावरणमैत्री बनाउने लक्ष्य लिइएको छ । उक्त लक्ष्य प्राप्तिका लागि गाउँपालिकाभित्रका टोल विकास संस्थालाई सरसफाइ र वातावरणमैत्री गतिविधिमा टेवा पु¥याउन गाउँपालिकाले सहयोग गर्ने थापाले बताउनुभयो । –––