• २०७५ मङ्सिर २ आइतबार / Sunday, November 18

बस दुर्घटना, एघार घाइते

Fm Radio Link

कावासोती,  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

बर्दियाबाट काठमाडाैका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्“िदा सो दुर्घटनामा भएको हो । दुर्घटनमा परी घाइते भएका ११ जनाको नया“ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताउनुभयो । घाइतेको नाम, ठेगाना खुल्न बा“की रहेको उहा“ले बताउनुभयो । 

गए राति भएको अर्को सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिदा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते हुनुभएको थियो । उहाको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
-->