• २०७५ मङ्सिर २ आइतबार / Sunday, November 18

सौगात र सृष्टिको जोडी अब एउटै पर्दामा देखिन पाइने

Fm Radio Link

काठमाडौं ११ भदौ । पछिल्लो समय एकअर्कासँग प्रेममा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री एवम् पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ फिल्मी पर्दामा जोडी बनेर  देखिन थालेका छन् ।सौगात र श्रृष्टि सञ्जिब न्यौपानेको निर्देशकिय डेब्यू फिल्म ‘मासु भात’ एकसाथ आउन थालेका हुन् । फिल्मका लागि दुबै जनालाई अनुबन्ध गरीसकिएको छ ।

फिल्मका अन्य कास्ट र क्रुको जानकारी भने केही दिनमा पत्रकार सम्मेलन गरेर दिने तयारी फिल्म निर्माणपक्षको योजना रहेको छ । सौगातले यसअघि सिन्धुपाल्चोककी डोल्मा तामाङको वास्तविक कथामा बनेको न्यौपानेको निर्देशित स्टोरी अफ अ तामाङ गर्ल मा काम गरिसकेका छन् । ‘मासु भात’को कथा स्वयं निर्देशकले लेखेका हुन् ।

प्रतिकृया दिनुहोस
-->