• २०७५ कार्तिक २७ मंगलबार / Tuesday, November 13

विद्यार्थी छैनन्, प्र.अ. लेखपढीमै व्यस्त

कतै शिक्षा शाखा सदस्य र शिक्षा श्रोत व्यक्ति बिच आर्थिक चलखेल भएको त छैन ?

Fm Radio Link

भटहा ।  जिल्ला शिक्षाकार्यालयले दरबन्दी नरहेका विद्यालयहरुमा एक जनाको दरबन्दी दिने निर्णय सँगै हरिनगर गाउँपालिकाको प्राथमिक विद्यालयहरुको दरबन्दीका लागि गाउँपालिकामा दुई लाख ६० हजार रकम आइसकेको कार्यपालिका/शिक्षा शाखा सदस्य सुशील ठाकुरले जानकारी दिएका छन् । 

 

प्र.अ. सत्यनारायण मलाकार र अध्यक्ष कासीम मंसुरीले विद्यार्थीहरुको स्कुल ड्रेस र छात्रवृत्तिको पैसामा अनियमिता गरेको खुल्न आएको छ

 

 

यहि क्रममा विद्यालयमा कहिले नदेखिने श्री.वि.पी. प्राथमिक विद्यालयका प्र.अ. सत्यनारायण मलाकारको सक्रियता पनि सुरु भएको छ ।  प्र.अ. सत्यनारायण मलाकार र अध्यक्ष कासीम मंसुरीले विद्यार्थीहरुको स्कुल ड्रेस र छात्रवृत्तिको पैसामा अनियमिता गरेको खुल्न आएको छ । २०६५ सालमा स्थपना भएको विद्यालयमा प्र.अ. रहेका सत्यनारायण मालाकारले आफु खुसी, अध्यक्ष समेतको मितोमलोमा विद्यालय चलाइरहेका छन् । 

 


प्र.अ मलाकार र पुर्व अध्यक्ष मंसुरी विद्यालय समिति गठन गर्न आफ्ना नजिकका केही व्यक्तिहरु बिच  समिति गठन गर्न लागेका थिए तर स्थानिय शिक्षा प्रेमी, बुद्धिजीव, समाजसेवी लगायतका व्यक्तिहरुलाई कुनै जानकारी नदिइ समिति गठन गर्न लागेपछि स्थानीयको विरोधपछि समिति भने गठन भएन ।     

 

स्थानिय भन्छन् अध्यक्ष र प्र.अ. को मिलेमतोमा सरकारी पैसा पचाइरहेका छन् । लेखपढीमै व्यस्त बनेका प्र.अ.को दुबै हातमा लड्दु छ ।

 


लेखपढीमै व्यस्त बनेका प्र.अ.को दुबै हातमा लड्दु :

 


प्र.अ मलाकार ४ नं. वडा कार्यालय अगाडि बसी विभिन्न किसिमको सिफारिस, निवेदनहरु लेखेर आम जनताहरुबाट रकम लिने व्यवसायमा लागेका छन् । विद्यालयमा प्र.अ. नै नरहे पछि विद्यार्थी आउने कुरै भएन । स्थानिय भन्छन् अध्यक्ष र प्र.अ. को मिलेमतोमा सरकारी पैसा पचाइरहेका छन् । लेखपढीमै व्यस्त बनेका प्र.अ.को दुबै हातमा लड्दु छ ।

 

 

गाउँपालिका अध्यक्ष गफार अन्सारीलाई विद्यालय बारे जनकारी गराउदाँ शिक्षा शाखामा निवेदन दिन कुरा तेस्याए । शिक्षा शाखामा निवेदन दिएपछि पनि हाल सम्म कुनै कर्वाही भएको छैन । प्र.अ. मलाकार काँग्रेस समर्थ भएकै कारण गाउँपालिकाबाट कुनै कर्वाही नभएको बुझिएको छ । 

 

 

अनुगमनमा जे देखियो :

 


शिक्षा श्रोत व्यक्ति थमेर बासतोला भन्छन्, छ पटक सम्म अनुगम गर्दा प्र.अ. सत्यनारायण मलाकारको द्यिालयमा उपस्थिति पाएनौ, बाल विकास केन्द्रका चार पाँच जना विद्यार्थीहरुको उपस्थिति थियो । बास्तोला भन्छन्  हामिले जे देख्यो त्यहि रिपोर्ट शिक्षा कार्यालयमा गरेका छौं  ।    

 

 

रुबी खातुन भन्छिन् विद्यालयमा शिक्षक आउँदैनन् शिक्षक नै नआएपछि विद्यार्थी आउने कुरै भएन

 


विद्यालय आगन छेउमै घर भएकी रुबी खातुन भन्छिन् विद्यालयमा शिक्षक आउँदैनन् शिक्षक नै नआएपछि विद्यार्थी आउने कुरै भएन । कहिले एक महिनामा चार पाँच वटा विद्यार्थीहरुलाई बाल विकास केन्द्रका शिक्षिका पुनम पण्डित पढाँउछिन् । पण्डित नआको दिन प्र.अ का भाई पढाउने गरेका छन्  ।

 

 


गाउँपालिका शिक्षा शाखाले अनुगमन जाँदा विद्यालयमा प्र.अ र विद्यार्थीहरुको उपस्थिति नपाएपछि शिक्षा शाखा समिति गठन गर्ने शिक्षा शाखा माथि पश्न उठेको छ । 
कतै शिक्षा शाखा सदस्य र शिक्षा श्रोत व्यक्ति बिच आर्थिक चलखेल भएको त छैन ? 


 

प्रतिकृया दिनुहोस
-->