• २०७५ कार्तिक २७ मंगलबार / Tuesday, November 13

सिमा प्रहरीकै मिलेमतोमा तस्करी, भुटाहा लाई केन्द्र बिन्दु

रामनगर भुटाहा गाविस लाई केन्द्र बिन्दु

Fm Radio Link

भुटाहा, सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ र २ साबिक को रामनगर भुटाहा गाविस लाई केन्द्र बिन्दु बनाइ तस्करी सुरु भएको छ । केहि महिना देखि रोकिएको तस्करी पुन फास्टएको पुराना ब्यपारी गुप्ता ले बताए । सामान पुर्वका दमक, इटहरी, धरान, बिराटनगर लगायत ठूलो शहरहरु मा लगिने गरिरहेका छन् ।

भारतको घुरना, बस्मतिया बाट भुटाहा बजार ल्याउने ब्यपारीले भुटाहा बजार साँझ ल्याउछन् र भुटाहाबाट इनरुवा राति को २ बजे लगेर ठुलो किराना, कपडा, भाँडा बर्तन पसलहरुमा राख्ने गरेको र इनरुवा बाट सानो सनो पोका बनाई पुर्व को शहरहरुमा लगिने गरेको अर्को ब्यपारी नाम नखोल्ने शर्तमा  बताएका छन्  । हिन्दु धर्मको महान चाड पर्व दशैँ सकिए पछी, दिपावलि, छ्ठलाई लक्षिगरि तस्करी सुरु भएको हो। उनी भन्छन् दशैँमा बढी लत्ताकपडा ल्याउने गरेको थियो, दिपावली र छ्ठ पर्वमा पट्टाका ल्याउने  गरेका  छन् । सिमामा रहेको शस्त्र प्रहरी बेस क्याम्प, शस्त्र प्रहरी बि.ओ.पि. र सिमा मा रहेका प्रहरी चौकीहरुका घुमवाहरुले ल्याउन दिएर मालसामानहरु भित्रीयाइ रहेको ब्यपारी गुप्ता बताउँछ । ब्यपारीहरु लत्ताकपडा र प्रज्वलनसिल पदार्थ पटाका ल्याउन स्थानीय प्रहरीलाई दशैँ  खर्चका लागि केही रकम दिनेगरेको बताउँछन् ।

नेपाल बाट भारत तर्फ जाने सामान हरु गिट्टी, बालुवा, कालो मरिच, सुपारी जाने र भारत बाट नेपाल भित्रीने सामानहरु अति प्रज्वन सिल पदार्थ पटाका, लत्ताकपडा, साडी, शुट, साना साना नानीहरू लाई खेल खेल्न को लागि खेलौनाहरु, खाद्य मल लगायतको सामानहरु भित्रीरहेको र सिमा क्षेत्रमा रहेका प्रहरीहरु मुख दर्शक बनी रहेको ब्यपारी गुप्ता बताउँछन् । 

 

कुनै ब्यापारी रकम नदिएमा त्यसको सामान जिल्ला प्रहरी कार्यालय मा बुझाइदिने गरेको छन् । सिमा क्षेत्रमा रहेको प्रहरी चौकीका प्रमुखहरु र सशस्त्र सिमा सुरक्षा बि.ओ.पि. का प्रमुखहरुले समेत नजराना लिएमा सामान छोड्ने गरेको छ । नजराना नदिएमा माल समान समाती जिल्ला प्रहरी कार्यालय, कोशी ब्यरेज मा रहेको सेतु भन्सार कार्यालय मा बुझाइ दिने र ब्यपारीहरु लाई धाक धम्की दिने गरेको ब्यपारी गुप्ता बताउँछन् । भुटाहा लाई केन्द्र बिन्दु बनाइ गिट्टी, बालुवा, कालो मरिच, सानो नानीहरू ले खेल्ने खेलौना, सुपारी लगायत को सामानहरु केहि सामान नेपाल बाट भारत जान्छ भने केही सामानहरु भारत बाट नेपाल भित्रीरहेको ब्यपारी गुप्ता बताउँछन् । नेपाल बाट भारत तर्फ जाने सामान हरु गिट्टी, बालुवा, कालो मरिच, सुपारी जाने र भारत बाट नेपाल भित्रीने सामानहरु अति प्रज्वन सिल पदार्थ पटाका, लत्ताकपडा, साडी, शुट, साना साना नानीहरू लाई खेल खेल्न को लागि खेलाउनाहरु, खाद्य मल लगायतको सामानहरु भित्रीरहेको र सिमा क्षेत्रमा रहेका प्रहरीहरु मुख दर्शक बनी रहेको ब्यपारी गुप्ता बताउँछन् । 

 

प्रतिकृया दिनुहोस
-->