• २०७५ कार्तिक २७ मंगलबार / Tuesday, November 13

धनगढी ४४ रनले पराजित

Fm Radio Link

धनगढी,  मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) खेलमा मुम्बईको भिवन्डी गाउँको टिम सँंग पराजित भएको छ । मुम्बईस्थित कल्याणमा रहेको भिवन्डी गाउँको टिमसंँगको टी–२० क्रिकेट प्रतियोगितामा डिसिए ४४ रनले पराजित भएको हो ।

कुश मण्डल, सिजन कुँवर र सुबोध तिवारी शून्य रनमै पवेलियन फर्के । 

मुम्बईको सोनाले क्रिकेट मैदानमा टस हारेर १२९ रनको लक्ष्य पछ्याउने क्रममा डिसिएले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । डिसिएका लागि कप्तान सुबोध ऐरले सर्वाधिक २८, किरण नाथले नटआउट १८, सोनु मण्डलले १२, सन्दीप आउजीले १०, सक्षम कार्कीले पाँच र रोहन विकले दुई रन बनाए । कुश मण्डल, सिजन कुँवर र सुबोध तिवारी शून्य रनमै पवेलियन फर्के । 


डिसिलाई पराजित गर्ने क्रममा भिवन्डीका मितले सर्वाधिक तीन, रास्विलले दुई, उमर, हन्जला र साहेवले समान एक एक विकेट प्राप्त गरे । यसअघि ब्याटिङ गर्दै भिवन्डीले १५ ओभरमा मात्र तीन विकेट गुमाएर १२८ रन बनाएको थियो । भिवन्डीका राहुलले सर्वाधिक ४१ रन बनाउँदै नटआउट रहे । ललितले ३१, उमरले २७ रन बनाएका थिए । बलिङ्ग गर्दै डिसिएलाई विनोद विष्टले दुई र सोनु मण्डलले एक विकेटको सफलता दिलाए । बुधबार डिसिएले यही टिमसँग आफ्नो अन्तिम् एकदिवसीय अभ्यास खेल खेल्न लागेको मुम्बईमा रहनुभएका पत्रकार अविनाश चौधरीले बताउनु भएको छ । 

प्रतिकृया दिनुहोस
-->