• २०७५ मङ्सिर २ आइतबार / Sunday, November 18

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Fm Radio Link

काठमाडौँ - काठमाडौँको लैनचौरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । लैनचौरको खानी विभाग अगाडि आज बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४ प ९२८४ नं को मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक नुवाकोटका ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जीतेश दाहालका अनुसार दुर्घटनामा गम्भीर घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको र टरसाइकलको पछाडि रहेका अर्का घाइते सुरज थापाको सोही सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सवारी साधनसहित माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् 

प्रतिकृया दिनुहोस
-->