• २०७५ कार्तिक २६ सोमबार / Monday, November 12

गायिका पूर्णीमा लामाको 'फूल भनौं जीन्दगीलाई' सार्वजनिक (भिडियोसहित)

Fm Radio Link

काठमाडौं - गायिका पूर्णीमा लामाको स्वर रहेको फूल भनौं जीन्दगीलाई बोलको गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । केही महिना अगाडि यस गीतको अडियो सार्वजनिक गरिएको थियो । उक्त अडियो गीतलाई युट्युबमा २९ लाख ८२ बढी भ्युज मिलेको छ। अडियो गीतलाई यत्ति धेरै माया दिएको भन्दै यस गीतबाट आफू निकै आशावादी रहेको गायिका लामाले बताइन्।

उनले भनिन्, गीतको अडियो दर्शकले रुचाइदिनु भएको छ। भिडियो पनि राम्रो बनेकोले सफल हुनेमा आशावादी छु। भुपेन्द्र बुढाथोकीको शब्द समावेश उक्त गीतमा गोविन्द मधुर आचार्यको संगीत सुन्न सकिन्छ। गीतको एरेन्जर पनि संगीतकार आचार्य नै हुन्। 

गीतकार भुपेन्द्र पनि यस भिडियोबाट निकै आशावादी छन्। गीतको अडियो दर्शक(श्रोताले रुचाएका कारण भिडियो पनि रुचाउने उनको तर्क छ। शान थापाको निर्देशनमा तयार एको भिडियोमा गीतकार भुपेन्द्र बुढाथोकी र एलिशा राईको अभिनय रहेको छ। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
 

हेर्नुहोस् भिडियोसहित:

प्रतिकृया दिनुहोस
Radio System

तीजलाई सिर्जनात्मक बनाउ : उपराष्ट्रपति

काठमाडौँ, २७ भदौ  :उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने

Radio System

सुदूरपश्चिमेली नेपाली समाज भारत तेलगाना राज्य समितिद्वारा गौरा तिज पर्व भव्यताका साथ सम्पन्न

नेपाली महिलाहरुको महान् पर्व  तिज तथा गौरालाई  2075/05/27 गतेको दिनमा सुदूरपश्चिमेली नेपाली समाज भारत तेलगाना राज्यद्वारा भव्यताका साथ सम्पन्न गरेको

Radio System

गोपी दाहालको गीत ‘हिस्सी परेकी’ सार्वजनिक

काठमाडौं – राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएका गोपी दाहालको पछिल्लो गीत ‘हिस्सी परेकी’ सार्वजनिक भएको छ । गीत

-->